अध्यक्षको सन्देश

Tikaram Sharma Dhakal
टिकाराम शर्मा ढकाल

अध्यक्ष

९८४८९५१३७०

नेपालमा ढकालहरूको उपस्थिति वा आगमन कँहाबाट र कहिले भयो भन्ने बारेमा भिन्न–भिन्न तर्क र भिन्न–भिन्न भनाइहरू रहेका छन् । साथै ढकाल थर पनि कसरी रह्यो भन्ने जिज्ञासा टड्कारै छ । जहाँ जसले जे सुकै लेखिएका वा मानिएको भए पनि नेपालमा मेची देखि महाकालीसम्म हिमाल, पहाड, तराई र विदशी भूमिमा समेत ढकालहरू छरिएर बस्न पुगेका यथार्थ घाम झैं छर्लङ्ग देखिन्छ ।

बसाइको सँगसँगै धार्मिक, साँस्कृतिक, सामाजिक सबै तौर तरिकाहरू रहनसहन आदिमा भिन्नता आएको छ । आफ्नो थर ढकालसम्म पनि लेख्ने छाडेकाले आफ्नै गोत्रमा वैवाहिक सम्बन्ध नहोला भन्न सकिएको छैन । हाम्रा हरेक व्यवहारमा भिन्नता आउन थालिएपछि बन्धुत्वको अभाव महसुस हुन थाल्या । बन्धु विहिन भएर रहन चाहेनौ र विकल्पको रुपमा नेपालका विभिन्न स्थानमा र विदशमा रहनु भएका बन्धुहरूको एउटै माला बनाउने उद्देश्यका साथ २०७७ चैत्र २८ का दिन काठमाडौँमा भएको ढकालहरूको पहिलो भेलाले कम्पनी ऐन २०६३ अनुसार संस्था स्थापना गर्नका लागि प्रकृया शुरू गरी २०७७ चैत्र ३ गते विधिवत रूपले काठमाडौँमा केन्द्रीय कार्यालय र प्रदेश, जिल्ला, पालिका र वडामा समेत शाखा कार्यालय रहने गरी कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडांैमा नेपाल ढकाल समाज प्रतिष्ठान नामको मुनाफा वितरण नगर्ने जनहितकारी सामाजिक संस्था दर्ता भयो ।

वर्तमान असहज परिस्थितिका बाबजूद आफ्ना गतिविधिहरू निरन्तर अगाडि बढिरहका छन् । हालसम्म नेपालमा ६५ जिल्लाका ढकाल बन्धुहरूसँग सम्र्पक बिस्तार भएको छ । नेपालभरि र विश्वका विभिन्न मुलुकमा छरिएर रहनु भएका ढकालहरूलाई मन, वचन र कर्मले यस प्रतिष्ठानमा आबद्ध हुन हार्दिक अनुरोध गर्दछु ।